काठमाडौं ३१ वैशाख । काठमाडौंको ताकेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय तारकेश्वर जारी मतगणनामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका कृष्णहरी मर्हजनले २६५ मत पाएका छन् । उपमेयर र्सिजना बुर्लाकोटीले भने २६६ मत पाएकी छन् ।
प्रतिद्धन्दी नेकपा एमालेबाट मेयरका उम्मेदवारले १५० मत ल्याउँदा उपमेयरले १४० मत पाएका छन् ।
अहिले वडा नं १,२ र ३ को मत गणना जारी भैरहेको छ । वडाअध्यक्ष र सदस्यहरुमा पनि काँग्रेस नै अगाडी देखिएको छ ।