काठमाडौं ३० वैशाख । बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ । स्थानीय तह निर्वाचनको दिन आज शुक्रबार बिहान २ बजे सिलिण्डर बम विष्फोट भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुले दिएको जानकारी अनुसार बिहान एक जना व्यक्तिले संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ ।
हाल उक्त विष्फोट गराउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ‘नेकपा सिवादी’को एउटा पर्चा बरामत भएको प्रहरीले जनाएको छ ।
विष्फोटले कुनै क्षति भने भएको छैन ।