काठमाडौं ३० वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
नेता भट्टराईले गोप्य राख्नु पर्ने मतदान सार्वजनिक गरेपछि आयोगले प्रचार प्रसार गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले आफुले मतदान दिएको मत चिन्ह सार्वजनिक गरेका थिए ।
आयोगले भट्टराईलाई २४ घण्टा भित्र स्पष्टिकरण दिन पत्र पठाएको छ ।
निर्वाचन आचारसंहिता मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ ।