पर्सा ३० वैशाख । वर्षका कारण पर्साका तीन पालिकामा मतदान स्थगित भएको छ ।
निर्वाचन अधिकृत रञ्जिता झाले दिएको जानकारी अनुसार जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण स्थगित भएको हो ।
वर्षाका कारण करिब आधा घण्टादेखि त्यहाँको निर्वाचन रोकिएको हो । आयोगले दिएको जानकारी अनुसार जिल्लामा करिब ४७.५ प्रतिशत मतदान सम्पन्न भएको छ ।
वर्षा रोकिएसँग त्यस क्षेत्रको मतदान सुचारु हुने बताइएको छ ।