काठमाडौं ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि मतदान गरेका छन् ।
काठमाडौं महानगरपालिका-३१ को मैतीदेवीको केन्द्रबाट मतदान गरेका थापाले यस पटकको स्थानीय तह निर्वाचन कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने दावी गरेका छन् ।
लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा कुनै शंका नभएको उनले बताएका छन् ।
थापाले निर्वाचन मतदाता शिक्षा भने प्रभावकारी नभएको भन्दै गुनासो समेत पोखेका छन् ।
‘पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी भएन’ उनले भने ।