काठमाडौं २९ वैशाख । निर्वाचन आयोगले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टिकरण सोधेको छ ।
निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि किन नरोकेको भन्दै तामाङमाथि स्पष्टिकरण सोधेको हो ।
तामाङलाई आयोगले मौन अवधिमा प्रचण्डले निर्वाचन प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन गतिविधिमा संलग्न भएर आचारसंहिता उल्लंघन गरेको थाहा छ कि छैन ? भन्ने प्रश्न गर्दै आठ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।
साथै, आयोगले चितवन पुगेर निर्वाचन प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेको भन्दै प्रचण्डलाई पनि स्पष्टिकरण सोधेको छ ।