काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने बताइएको छ ।
उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् । त्यस्तै नेता बामदेब गौ पनि मतदान नर्गने भएका छन् ।
नेकपा एमालेबाट राजीनामा दिएपछि कुनै पनि दलमा आवद्ध नभएका गौतमले यस पटकको निर्वाचनमा मतदान नगर्ने भएका हुन् । गौतम बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ का मतदाता हुन् ।