काठमाडौं २९ वैशाख । काठमाडौँ महानगरपालिकाको स्वतन्त्रबाट प्रमुख पदको उम्मेदवारी दिएका बालेन साहल मौन अवधिकै विच एक विज्ञप्ती निकालेका छन् ।
आफु कुनै पनि पार्टीमा आवद्ध नभएको भन्दै बालेनले कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला निधार भएको भन्दै विज्ञप्तीमा उल्लेख गरेका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ , ‘निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरुले आफ्ना मतदाताहरुलाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सही उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो ।’
यही समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैर कानुनी र अलोकतान्त्रिक त मात्र नभएर धेरै मतदाताहरुमाथिको अन्याय भएको उनले बताएका छन् ।
यो मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज भएको दावी गरेका उनले हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन हार्दिक अपिल गरेका छन् ।