काठमाडौं २ ९ वैशाख । भोली शुक्रबार हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको स्वतन्त्रबाट प्रमुख पदको उम्मेदवारी दिएका बालेन्द्र साह (वालेन)ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान दिने भएका छन् ।
त्यसैगरी, सत्ता गठवन्धनको तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ बाट मतदान गर्ने भएकी छन् । उपप्रमुखको उम्मेदवारी दिएका नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ बाट मतदान गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्।एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएको सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने भएकी छन् ।
विवेकशील साझाबाट प्रमुख पदको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले कामपा वडा(३१ स्थित भ्याली भ्यू मतदान केन्द्रबाट मतदान दिने भएकी छन् ।
काठमाडौं महानगरपालिकाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।