लमजुङ २९ वैशाख । निर्वाचन आयोगले जारी गरेको मौन अवधिमा पनि नेकपा एमालेका उम्मेदवारले मतदाता प्रभावित पार्दै गर्दा पक्राउ परेका छन् ।
लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले रंगेहात पक्राउ गरेका हुन् ।
लमजुङक बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीको बस्तीमा पैसा बाँड्दै गरेको निजलाई राति साढे १० बजे स्थानीय शिव सेढाईंको समूहले पक्राउ गरेको हो ।
जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँसहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र समेत बरामत भएको स्थानीयले बताएका छन् ।