खुशीको खबर भारतमा ह्वात्तै घटे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा दुई महिना यताकै कम संक्रमित फेला ! — OSNepal

खुशीको खबर भारतमा ह्वात्तै घटे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा दुई महिना यताकै कम संक्रमित फेला !

LC (KTM) June 13, 2021 0

काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६५ हजार संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख २४ हजार २६ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।यस्तै त्यहाँ एकै दिन ३ हजार ७१ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७० हजार १६८ पुगेको छ । संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा घट्न सकेको छैन् । त्यस्तै भारतमा १० लाख ३८ हजार ७९४ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर