काठमाडौं २९ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस पटकको मतदान काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा हाल्ने भएका छन् ।
भोली शुक्रबार देशभर एकै चरणमा हुने स्थानीय तह निर्वाचनको लागि महामन्त्री थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ ।
थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने भएका हुन् ।
तथापी, भाली कुन समयमा थापाले मतदान गर्छन् भन्ने विषयमा भने स्पष्ट भएको छैन ।
यति बेला सबै दलका नेताहरु आ आफ्नो निर्वाचन क्षेत्र जाने क्रम जारी रहेको छ ।