काठमाडौं २९ वैशाख । स्थानीय तह निर्वाचन मुखैमा आउँदा काठमाडौंबाट बाहिरिनेको संख्या हवात्तै बढेको छ ।
गएको पाँच दिनमा उपत्यका छोडेर जानेको संख्या करिब ३ लाखभन्दा बढी भइरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार हिजो बुधबार मात्र ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए ।
गएको पाँच दिनमा उपत्यका भित्रिने भन्दा बाहिरिनेको संख्या बढेको छ । त्यसैगरी, निर्वाचनकै लागि मंगलबार मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका थिए।
आज मध्यरातबाट भने सवारी साधन चल्न पाउने छैनन् । यतिबेला देशभर निर्वाचनको रौनक छाएको छ ।