काठमाडौ २९ वैशाख । नेकपा ९बहुमत० का संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको सोधपुछपछि छुटेका छन् ।
आज बिहिबार बिहान दाङको भालुवाङबाट पक्राउ परेका बास्तोताले नै आफु प्रहरीको नियन्त्रणबाट छुटेको जनाकारी दिइएको बुझिएको छ ।
प्रहरीले बास्तोलालाई बुटबलमा भएको विस्फोट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर पक्राउ गरेको थियो ।
साथै, उनले प्रहरीको हिरासतबाटै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी समेत गरेको बुझिएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीसँगको फोनमा भएको कुराकानी पछि प्रहरी लचिलो बनेको बताइएको छ ।
प्रहरीको सोधपुछमा आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने स्पष्ट समेत पारेका छन् ।