भीम रावलको प्रधानमन्त्री देउवालाई चेतावनी : महाकाली सन्धिमा गरेको राष्ट्रघात फेरि नदोहोरियोस् — OSNepal

भीम रावलको प्रधानमन्त्री देउवालाई चेतावनी : महाकाली सन्धिमा गरेको राष्ट्रघात फेरि नदोहोरियोस्

LC (KTM) May 12, 2022 0

काठमाडौ २९ वैशाख । नेकपा एमालेका नेता डा भीम रावल प्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् ।

नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री हुनासाथ देउवाले देशका नदीनाला विदेशीको हातमा बेच्ने गरेको आरोप लगाएका नेता रावल सरकारले पुनः अध्ययन गरी पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिने तयारी गरेपछि आक्रोशित बनेका हुन् ।

सामाजिक सञ्जलामा नेता रावलले भनेका छन्, ‘महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस्। संसद् र दलमा पर्याप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्र्याउने कुकर्म नहोस्।’

‘कांग्रेसको सभापति र प्रम भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नैपर्ने के रोग रहेछ! प्रम देउवाले फेरि पश्चिम सेती भारतलाई दिने घोषणा गरेका छन्, महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस्। संसद् र दलमा पर्याप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्र्याउने कुकर्म नहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर