लकडाउनमा गरिब दुखीलाई सहयोग गर्दै हिडे शिशिर भण्डारी — OSNepal

लकडाउनमा गरिब दुखीलाई सहयोग गर्दै हिडे शिशिर भण्डारी

LC (KTM) June 13, 2021 0

लकडाउनमा सहयोग लिएर एक आश्रममा पुगेका शिशिर भण्डारीलाई त्यहाँ रहेका एक बालकले मामा बनाएका छन् । हात्तीगौडाको महिला तथा बालबालिका सेवा केन्द्र नेपालमा रहेका राज कुमार शर्मा बिकले शिशिरलाई मामा भन्दै ढाका टोपी लगाईदिए । १२ बालबालिकाहरुको भविष्य फुल्दै गरेको उक्त सँस्थामा शिशिरले ३५ हजार सहयोग रकम बुझाएका थिए जसमध्ये ५ हजार शिशिरको व्यक्तिगत सहयोग थियो भने अन्य देश तथा बिदेशबाट सहयोगीहरुले पठाएका थिए । आमा बुवा नभएका र परिवार नभएका बालबालिकाहरुलाई त्यहाँ आमा लक्ष्मी सुवेदीले आश्रय दिईरहेकी छिन् ।

महिला तथा बालबालिका सेवा केन्द्र नेपाल सुन्दर ठाउँमा छ, साथै उक्त ठाउँमा सुन्दर सँस्कार दिदै नानी बाबुहरु हुर्किरहेका छन् । त्यहाँका नानीबाबुहरु सबैलाई सँस्कृतका जटिल जटिल श्लोकहरु कण्ठै छ । लकडाउनको समयमा उक्त स्थानमा जम्मा १४ बर्षका बाबले श्रीमद भागवत वाचन गर्दै थिए । जुन निकै अनौठो दृश्य थियो । समाजले दलित उपनाम दिएको बालक राजबाटै श्रीमद भागवत वाचन गराईरहेकी आमा लक्ष्मीले यो एउटा सामाजिक क्रान्ति पनि रहेको बताईन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर