बुटवल- भारतीय सुरक्षाकर्मी एसपिजी ९स्पेशल प्रोटेक्सन गार्ड० लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन विमान भैरहवामा अवतरण गरेको बताइएको छ ।
सुरक्षाकर्मी लाई छाडेर विमान आजै स्वदेश फर्कने बताइएको छ । भारतीय प्रधानमन्त्री यहि जेठ २ गते लुम्बिनी आउँदैछन्। मोदीलाई लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम छ।
मायादेवी मन्दिर र अखंड ज्योति दर्शन पछि मोदी कुशीनगर फर्किने कार्यक्रम छ। मोदी चार वर्षपछि नेपाल आउँदै छन्।