युरोकप फुटबल : वेल्स र स्विजरल्याण्डले बराबरी खेले — OSNepal

युरोकप फुटबल : वेल्स र स्विजरल्याण्डले बराबरी खेले

LC (KTM) June 12, 2021 0

मिनि बिश्वकपको रुपमा हेरिएको युरोकप हिजो बाट सुरु भएको छ । आज पनि युरोकपमा बिभिन्न टिमले प्रतिष्पर्धा गरेका छन् । १६ औं संस्करणको युरोकप फुटबलको आजको खेलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १ १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए । यस बराबरीसँगै समूह एु मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् । समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर