स्थानीय तहको निर्वाचन एकदमै नजिकिएको बेला पर्वतको कुश्मा नगरपालिका अहिले सबैको चासो बनेको छ । यस नगरमा गठबन्धन संग चुनावी मैदानमा होमिएको छ एमाले । एमालेले कुश्माको नगर प्रमुखमा गणेश शर्मा पौडेललाई उम्मेद्धारको रुपमा अघि सारेको छ । पर्वत जिल्लाकै ईतिहासमा ५ दशक देखी अनवरत रुपमा शैक्षिक क्षेत्र, सामाजिक पुर्वाधार बिकास, समाज सेवामा अतुलनिय योगदान गरेका पौडेललाई एमालेले मेयर पदका लागि उम्मेद्धार उठाएको हो । उनले आफ्नो ब्यक्तिगत सम्पत्ति सकेर जीवनभर जिल्लाबासीको हितका लागि खर्चिएका छन् ।
एकदमै जोश जाँगर र उत्साहका साथ बिकासका काम अघि सर्ने पौडेलले नगरलाई छोटो समयमा एकदमै नमुना बनाउने प्रण समेत गरेका छन् । नेकपा एमाले ठुली पोशरी वडा कमिटीले आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा सांसद समेत रहेका पदम गिरीले समेत पौडेललाई जिताउन सबै नगरबासीलाई अनुरोध गरे ।
उनले संबोधनका क्रममा कुश्मा नगरबासीले पौडेललाई मतदान नगरे ईतिहासले समेत धिर्काने बताए । पौडेलको बिजयीको निम्ति सबैले मतदान गर्नुपर्नेमा उनले जोड दिए । साथै उनले सम्पुर्ण नगरबासीलाई पैसामा बिकेर मतदान नगर्न आग्रह गरे । एमालेकै पालामा कुश्माको रुप फेर्नका लागि एमालेकै उम्मेद्धारलाई जिताउन सबै समक्ष उनको आग्रह थियो ।