काठमाडौं २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा यति बेला चुनावी प्रचार प्रसारमा व्यस्त रहेको छ । मौन अवधि सुरु हुनै लाग्दा राप्रपाका टोखा नगरपालिका वडा नम्बर १ का सदस्यका उम्मेदवार रुपक तिवारीले जितको नजिक पुगेको भन्दै आफ्नो टिम दावेदार रहेको ओएस नेपालसँगको कुराकानीमा बताएका छन् ।
राप्रपाको राम्रो पकड यस वडामा यस पटक वडा अध्यक्षमा राप्रपाका श्याम दुलालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी महिला सदस्यमा र्सिजना तामाङ , दलित महिला सदस्यमा विमाई कामी कोइराला , पुरुषतर्फ मिलन कुमार अधिकारी र रुपक तिवारीको उम्मेदवारी परेको छ ।
भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने नाराका साथ चुनावी मैदानमा होमिएको राप्रपाले यही नारा आफ्नो वडा विकासको मुल मन्त्र बन्न सक्ने भन्दै आफ्नो प्रतिवद्धता पत्रमा भनिएको छ , ‘परिवर्तन सम्भव छ हाम्रै पालामा ।सबैलाई हेर्यौ पटक पटक राप्रपा लाई हेरौँ यसपटक। विकास र समृद्विका लागि हलो चिन्हमा मतदान गरौं ।’
भ्रष्टचार मुक्त समाज निमार्णमा सशक्त अभियान चलाउने , २४ घण्टा एम्बुलेन्स सेवा प्रदान गर्ने , एक घर एक धारा अभियान लगायतका विषयलाई राप्रपाले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।
त्यसैगरी, १२ कक्षा सम्म निशुल्क शिक्षा साथै चोक चोकमा शौचालय निमार्ण गर्ने वडा १ को प्रतिवद्धता रहेको छ । यी र यस्तै चुनावी एजेण्डा लिएर राप्रपा यति बेला चुनावी मैदान उत्रिएको छ ।
घरदैलो कार्यक्रम आफ्नो समुहलाई नै जनताहरुले अग्रिम जितको शुभकामना समेत दिएको सदस्यका उम्मेदवार रुपक तिवारीले ओएस नेपाललाई बताएका छन् ।