काठमाडौं-चलचित्र ‘हनी बनी’को छायांकनका लागि अभिनेता सलोन बस्नेत आज लण्डन उडेका छन् । चलचित्रमा मुख्य भूमिकामा देखिने सलोन यसै साता फिल्ममा अनुबन्धित भएका थिए । यस अघि फिल्ममा अनमोल केसीले काम गर्ने भनिए पनि अन्तिम समयमा आएर उनले फिल्म छाडेका थिए ।
चलचित्रको मुख्य अभिनेत्रीको रुपम जसिता गुरुङ छिन् । गत शनिवारमात्र जसितासँग बेलायतमा दीवाकरले कागजी सम्झौता गरेका थिए। यसअघि चलचित्रमा अभिनेत्री सारा सिरपाली अनुबन्धित भएकी थिइन् । तर, उनको भिसा नलागेपछि निर्माण टिमले उनको ठाउँमा जसितालाई अनुबन्ध गरेको हो ।