पर्वत २७ वैशाख । प्रचार प्रसारको आज अन्तिम दिन चुनावी प्रचारमा भागदौड जस्तै भएको छ । राति १२ बजेबाट मौन अवधि सुरु हुनै लाग्दा राजनीति क्षेत्रमा यतिबेला हतास देखिएको छ ।
यसै सन्दर्भमा नेकपा एमालेमा आवद्ध महिला नेतृहरुले कुश्मा बजारमा घरदैलो कार्यक्रम गरेका छन् । जिल्लामा एमालेबाट मेयरमा गणेश पौडेल र उपमेयरमा स्वस्थानी रिजाल उम्मेद वार रहेका छन् । एमालेको सिंगो टिमलाई नै जिताउन आफुहरु सक्रिय रुपमा महिला नेत्रीहरु घरदैलो कार्यक्रमलाई तिव्रता दिइरहेका छन् ।
उनीहरुले बजारका वडा सँगै टोल टोलमा घरदैलो गर्दै जनताहरुसँगको भेटघाटलाई तिव्रता दिएका हुन् । एमालेले चुनावी गतिविधिलाई बढावा दिएसँगै एमाले निकट विभिन्न संघ संस्था सक्रिय रुपमा लागि परेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउन घरदैलो कार्यक्रमले तीव्रता दिइएको सांसद तथा नेतृ जुना देवी नेपालीले जनाएकी छन् ।
महिलाको अधिकारलाई प्रत्याभुत गर्ने महिलालाई आत्मनिर्भर बनाएर आर्यआर्जनको स्रोतको र्सिजना गर्ने सहभागी नेतृ सरस्वती भण्डारीले बताएकी छन् ।