काठमाडौं -चलचित्र ‘नाई नभन्नु ल ४’ नायिका आँचल शर्माको जोडी बनेर नब नायक आशीर्वाद क्षेत्रीले अभिनय गर्ने भएका छन् । विकासराज आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ४’ मा क्षेत्री अभिनयमा डेब्यु गर्न लागेका हुन् ।
विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको चलचित्रको भदौबाट छायांकनमा जाने तयारी रहेको छ । फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी आँच अन्नत नाइँ नभन्नु ल ६ मा पनि काम गर्न पाउने भएपछि खुशी भएकी छन् ।
नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिंदै आएका बालकलाकार अनुभव रेग्मी बढेका कारण फिल्ममा अभिनय गर्न नपाउन भएको बताइएको छ । फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिने बताइएको छ ।