स्थानीय तहको निर्वाचन आउँन अब ३ दिन मात्र बाँकि रहेको छ । अब ३ दिन पछिको दिनहरुले गाउँ तथा नगरको प्रमुख तथा उपप्रमुख सहित छनौट गर्नेछ । अर्थात स्थानीय सरकार पाउनेछ । यसैक्रममा पर्वतको कुश्मा नगरपालिका अहिले सबै दलले आफुले जित्ने दाबी गरिरहेका छन् । यसैक्रममा अन्य दलले जस्तै नेपाली कांग्रेसले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । यस नगरपालिकामा नगर प्रमुखको रुपमा गठबन्धनका तर्फबाट रामचन्द्र जोशी मेयर पदमा उठेका छन् ।
चुनाबी अभियानका क्रममा नगरप्रमुख अर्थात मेयर पदका उम्मेद्धार जोशीले आफ्नो कुनै ब्यक्तिगत स्वार्थ नरहेको र कुश्मा नगरपालिकाको बिकाशका लागि आफु प्रतिबद्ध रहेको बताए । कुश्माको बिकाश नै आफ्नो अन्तिम लक्ष्य रहेको बताए । अघिल्लो ५ बर्षमा बिकाशको जग बसेकोले अब त्यसलाई पुरा गर्ने उनले प्रतिबद्धता जनाए । अरुले गफमात्र गर्ने तर काम गरेर नदेखाउने भन्दै उनले आफुले काम गरेर देखाउने दाबी गरे ।
उनले गंगटे आर्थर सडकलाई पक्कि बनाउने, बिद्यालयको स्तरउन्नती गरिने, खानेपानीको सुधार, गाउँमै रोजगारीको अवसर सृजना गरिने, बसाई सराई लाई रोक्ने, कृषीको आधुनिकीकरण, संभावना हेरेर ब्यवसायिक तरकारी खेती संचालन गर्ने आगामी योजना रहेको बताए । त्यस्तै उनले पर्यटकीय संभावनाको अध्ययन गरि आवश्यक कदम चालिने पनि बताए । स्थानीय स्रोत र साधनको समुचित प्रयोग गर्दै नगरको बिकाश समानुपातिक ढंगबाट गर्ने मतदाताहरु समक्ष बाचा गरेका छन् । आफ्नो अघिल्लो कार्यकालले धेरै बिकाशका योजना अघि सारेको र बाँकि अधुरा कार्य यसपटक पुरा गर्ने बताए ।