स्थानीय तहको निर्वाचनमा उठेका कुनै पनि दलका उम्मेद्धारले आज मध्यराती बाट प्रचार प्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगले मौन अवधी भनेर तोकि दिएको छ । त्यसैले यस अवधीमा कसैले आफ्नो पार्टीको प्रचार प्रसार गर्न पाउने छैनन् । निर्वाचन आउन अब ३ दिन मात्र बाँकि रहेको छ । त्यसैले दलले आज जति सक्दो प्रचार गरेका छन् ।
यसपाली दलहरुले आफ्नो लागि भोट माग्न अनेक बिधि अपनाएको देखियो । माइकिङ , आमसभा, घरदैलो, र्याली, सामाजिक सञ्जालको प्रयोग मार्फत यसपाली भोट मागेका छन् । उम्मेद्धार नै प्रत्येकका गीत समेत बने । तर कुश्मामा अलि फरक ढंगले भोट मागेको देखियो । मतदातालाई आकर्षित गर्न उमेदवार तथा दलका कार्यकर्ताले कुश्मामा आइतबार भजन जुलुस निकालेका छन् ।
एमालेका उमेदवारहरुलाई मत माग्न घरदैलो अभियानमा निस्किएका कार्यकर्ताहरुले फरक शैलीको प्रयोग गर्दै भजन गाउँदै आफ्ना उमेदवारको पक्षमा मत मागेका हुन् ।यो दृश्य कुश्मा नगरपालिका वडा न ५ मा देखिएको हो । कार्यकर्ताहरुले भजन गाएर आफ्नो उम्मेद्धारको पक्षमा मत हाल्न आग्रह गरेका थिए । एमालेको तर्फबाट कुश्मा ५ मा ज्ञानेन्द्र जोशी वडा अध्यक्षका उमेदवार रहेका छन् ।
नगरपालिकामा भने एमालेले गणेश शर्मा पौडेललाई नगर प्रमुखको उमेदवार बनाएको छ । त्यस्तै उपप्रमुखमा स्वस्थानी रिजाल उम्मेद्धारको रुपमा चुनावी मैदानमा रहेकी छिन् । नगरपालिकाको बजार क्षेत्र रहेको कुश्मा ५ मा एमालेले घरदैलो अभियान सम्पन्न गरेको छ ।