सुनको सिक्री लुटपाट गरेको अभियोगमा २८ वर्षीय नविन बिनायक बस्तीबाट समातिए — OSNepal

सुनको सिक्री लुटपाट गरेको अभियोगमा २८ वर्षीय नविन बिनायक बस्तीबाट समातिए

LC (KTM) June 12, 2021 0

काठमाडौं, २९ जेठ- काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा पैदल हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपा ट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका(१ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थापाले सुनको सिक्री लुट पा ट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ चमती बिनायक बस्तीबाट उनलाई उक्त सिक्री सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर