काठमाडौं २७ वैशाख । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका केशव स्थापितले आफु मेयरमा निर्वाचित भए काठमाडौँमा फोहोरको राजनीति समाप्त पार्ने दावी गरेका छन् । मंगलबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले यस्तो दावी गरेका हुन् ।
काठमाडौँ महानगरमा भएका सबै पर्खाल लगाएका सबै सरकारी जग्गा सर्वसाधरणका लागि खुला गर्ने बताएका उनले अहिले आफूलाई चुनावी सभा हो कि, विजयी सभा हो रु भन्नेमा आफु अन्योलनमा परेको बताएका छन् । आफु मेयरमा निर्वाचित भए एकै पटक काठमाडौंको विकास गर्ने दावी समेत गरेका छन् ।
उनले भने, ‘महिलाहरूलाई थाहा होला, नानी जन्माउँदा एक दिन हात जन्माउने, पर्सी खुट्टा जन्माउने, अर्कोपल्ट आँखा जन्माउने जस्तो हुँदैन, एकैपटक नानी जन्माएर पुर्नजागरण गरेजस्तै हामी खण्ड(खण्डको कुरा गर्दैनौँ, एकैपटक विकास गर्छौं ।’
सम्बोधनका क्रममा उनले आफुले कसैको चित्त दुखाएको भएपनि मागी दिनुहोला भन्दै माफी मागेका छन् ।