नेपालले पाहुना टोली जिम्बावे ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । आज भएको अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २(१ ले आफ्नो पक्षमा पारेको हो । टियु क्रिकेट मैदानमा जिम्बावेले नेपालको लागि २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।नेपालको जितमा अर्धशतकीय इनिङ खेलेका कुशल भुर्तेलले ८४ रन बनाए ।
दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ खेले ।आसिफ शेखले २९ रन जोड्दा सुनिल धमलाले ६ रन जोडे । विनोद भण्डारी २८ रनमा अविजित रहे ।जिम्बावेका ब्राण्डन माभुताले ३ विकेट र ब्राड इभान्सले १ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रनको स्कोर खडा गरेको थियो ।
नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए ।सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।