काठमाडौं २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानी तह निर्वाचन पछि सत्तारुढ दल समाप्त भएर जाने बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वैशाख ३० पछि सत्ता गठवन्धन समाप्त हुने बताएका छन् । मुलुकमा लुटलाट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको आरोप लगाएका ओलीले गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि बताएका छन् ।
निर्वाचनको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने पनि गठवन्धन नै भएको ओलीको जिकिर रहेको छ । गठवन्धन के हो भनेर देउवालाई सोध्यो भने थाहै छैन तर माओवादी अध्यक्ष प्रचण्डलाई सोध्यो भने गठवन्धन भनेको आफ्नी छोरीलाई जिताउन भोट हाल्नु गठवन्धन हो भन्ने ओलीको तर्क रहेको छ ।