साउथ फिल्मको दबदबाका बीच नेपाली फिल्म ए मेरो हजुर ४ ले राम्रै ब्यापार गरेको छ । बैशाख २३ बाट काठमाडौंका मल्टीप्लेक्सहरुले ‘ए मेरो हजुर ४’ लाई औपचारिक रुपमा विदाई गरे । मल्टीप्लेक्सका मालिकहरुले साउथ फिल्मलाई अंगाले पछि यस फिल्मको ब्यापारमा घाटा आउने आंकलन गरिएको थियो । तर पनि बक्स अफिसमा राम्रै ब्यापार गर्न सफल भएको छ । बैशाख १ गतेबाट प्रदर्शन थालनी गरेको फिल्म ‘ए मेरो हजुर ४’ तीन हप्तासम्म मज्जाले चलेको थियो ।
साउथ फिल्मको दबदबाका बीच पनि पनि फिल्मले तीन हप्तामा झन्डै ६ करोडको ब्यापार गरेको छ । ए मेरो हजुर ४’को सम्पूर्ण शो काटिएर पनि राम्रो कलेक्सन गर्न सफल भएको हो । तर, २४ घण्टामै फेरि केही मल्टीप्लेक्सहरुले फिल्मलाई पर्दामा फर्काएका छन् । अहिले बलिउडका फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ ले खासै ब्यापार गर्न सकेका छैन ।
त्यस्तै नेपाली फिल्म मन्त्र, २३ मा रिलिज भएका दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ले समेत दर्शक तान्न नसकेपछि मल्टीप्लेक्सहरुले ‘ए मेरो हजुर ४’लाई फेरि चलाएका हुन् । यस चलचित्रले आफ्नो लगानी सुरक्षित गरिसकेको छ । त्यस्तै, फिल्मको डिजिटल र ओभरसिज राइट्स पनि महंगोमा विक्री भइसकेको छ । कोरोनाले थलिएको नेपाली सिनेमा बजारलाई ए मेरो हजुर ४ ले तताई दिएको छ ।