पोखरा २६ वैशाख । नेपाली कांग्रेबाट पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवार दिएका नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
कार्कीले सोमबार एक अपिल पत्र जारी गर्दै आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने गरी आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उल्लेख गरेका छन् ।
पोखरामा सत्तारुढ दलको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयरमा पदमा उम्मे दवारी दिएका छन् ।
साथै, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् । साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने अपिल पत्रमा उल्लेख गरेका छन् ।