मकवानपुर । २६ वैशाख । मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताबिच झडप भएको छ ।
चुनावी प्रसार प्रचारको विषयमा विवाद पछि भएको झगडामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा माओवादी केन्द्रका कत्लेखोला टोल कमिटि अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राई घाइते भएका छन् । निजहरुलाई नेपाली कांग्रेस निकट रामबहादुर राईको समुहले कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरले जनाएको छ ।
घाइते दुवैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको बताइएको छ । बकैयामा गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि गठबन्धन लाई जिताउने सहमति भएको थियो ।