काठमाडौं २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई चितवन पोखराबाट धम्की आइरहेको बताएका छन् । सत्ता गठवन्धनको सहमति अनुसार चितवन माओवादी केन्द्र र पोखरा एकिकृत समाजवादीले पाएको थियो ।
जसको विरोध त्यहाँ रहेका कांग्रेसका नेता कार्यकर्ताले गर्दै आएका छन् । चितवनको चुनावी सभालाई सम्वोधन गदै ओलीले कांग्रेसले गठवन्धकै धम्की सहेर कति दिन बस्ने हो भन्दै सत्तागठबन्धनको कन्तविजोग भएको बताएका छन् ।
एउटै सभाबाट गठवन्धन दलका नेताहरको फरक फरक भनाई आइरहेको बताएका उनले सम्बोधनमा भने , एउटाले चितवनमा धम्काएको छ, अर्कोले पोखरामा, कांग्रेस धम्की कहिलेसम्म खपेर बस्छ ? कन्तविजोग छ , गठबन्धनको ।
एउटै सभामा पनि त्यहीका दलहरुको कस्ता कस्ता भनाई आएको छ रुदेशप्रति कुनै वेइमानी नगर्ने एमालेले सबै निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने ओलीले जिकिर गरेका छन् ।