काठमाडौं २६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले वृद्धभत्ता कांग्रेसले अघि बढाएको दावी गरेका छन् । आफ्नो सरकारले गाउँगाउँमा सडक, सिँचाइ, स्कुल, स्वास्थ्यचौकी बनाएको भएप्नि प्रचार प्रसार नगरिएकाले यसको जस एमालेले लिने गरेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रिय कार्यालय सानेमा ओयोजि पत्रकार सम्मेलनमा प्रवक्ता महतले ०४६ सालपछि कांग्रेसले विकास निमार्णको काम गरेको तर आफुहरु नारा बनाउन नजान्ने बताएका छन् ।
गाउँ गाउँमा सहयोग गर्न पर्छ भनेर आफ्नो पार्टीले सुरु गरेको बताएका उनले भने, ‘वृद्धभत्ता पनि हामीले अघि बढाएको हो, ५०० बाट हजार, हामी त्यो पनि नजान्ने । एक हजार पुर्याएको हामीले हो । उहाँहरूले यो गरे त्यो गरे भन्नुहुन्छ, झुटो कुरा हो ।’
कांग्रेसकै सरकार छँदा सरदर आयु ५४ वर्ष भएको जानकारी गराएका उनले कांग्रेस सरकारले स्वास्थ्यमा लगानी गरेकाले नै अहिले सरदर आयु ७१ वर्ष पुगेको दावी समेत उनले गरेका छन् ।
७१ वर्ष सरदर आयु पुग्नु ठुलो उपलब्धि रहेको बताएका उनले कांग्रेसले स्वास्थ्यमा लगानी गरेकाले नै सरदर आयु ७१ वर्ष पुगेको उनले जिकिर गरेका छन् ।
‘७१ वर्ष सरदर आयु पुगेको छ । त्यो पनि ठूलो उपलब्धि हो । कांग्रेसकै सरकार हुँदा ५४ वर्षको सरदर आयु थियो । हामीले स्वास्थ्यमा लगानी गर्यौँ,’उनले भने ।