पोखरा, २६ वैशाख-नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।
एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।
पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।