चितवन २५ वैशाख । चितवनका वागी उम्मेदवार जगन्नाथ पौडेलले पार्टीको झन्डा हेरेर भोट नहाल्ने भन्दै नेकपा एमालेका युवा टोलीले समेत आफुहरुलाई साथ दिएको बताएका छन् ।
पार्टीको सहमति विपरित भरतपुर महानगरको मेयर पदमा उम्मेदवारी दिएका पौडेलले कांग्रेसलाई चितवनमा बाच्न दिनु भन्दै पटक पटक गरिएको आग्रह लत्ताएपछि आफु यो अग्निपरिक्षामा सहभागी भएको बताएका छन् ।
भरतपुरमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले देशैभर बाट आफ्नो पक्षमा ८० प्रतिशत जनमत रहेको दावी गरेका छन् ।
आ आफ्नो पेट भनै गठवन्धन गरेको आरोप लगाएका उनले अदालतबाट सफाई पाएका एमाले का अध्यक्ष ओलीलाई अब किन गाली गर्नु पर्यो भन्दै प्रश्न समेत गरेका छन् ।
आफुहरुले चितवनमा कांग्रेसलाई भोट नहाले अरुलाई हाल्न पाइँदैन भनेपछि धेरैले खुट्टा कमाएर बाहिरिएको बताएका उनले भुईकटरमा चिन्ह लगाएर आफ्नो मतपत्र बाकसमा हालि दिन आग्रह समेत गरेका छन् ।