चराको गुँड हेर्न गएका १० वर्षीय बालकको रुखबाट खसेर मृ त्यु — OSNepal

चराको गुँड हेर्न गएका १० वर्षीय बालकको रुखबाट खसेर मृ त्यु

LC (KTM) June 12, 2021 0

गोरखा, २९ जेठ- धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृ त्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृ त्यु भएको उहाँले बताउनुभयो । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । बालकको रुखबाट खसेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर