काठमाडौं-फिल्म ‘हनी बनी’मा नायिका जसिता गुरुङ अनुबन्धित भएकी छन् । शनिवार निर्देशक दीवाकर भट्टराई र जसिताले बेलायतमा कागजी सम्झौता गरेका हुन् । लन्डनमा छायांकन गरिने फिल्मा सलोन बस्नेतको पनि अभिनय रहनेछ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । ७ करोड लागतमा निर्माण हुन लागेको फिल्म मार्चबाट फ्लोरमा जाने छ ।
रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो । । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम रहेका छन् ।
यस अघि फिल्म हनीबनीमा अनमोल केसीले अभिनय गर्ने कुरा रहेपनि अन्तिम चरणमा आएर उनी फिल्ममबाट बाहिरिएका थिए । त्यस्तै नायिकामा साराले अभिनय गर्ने भनिए पनि पछि उनको स्थान जसिताले लिएकी हुन् । ।