दोस्रो एकदिवसीय क्रिकेटमा नेपाली टोली लयमा देखिएको छ । पाहुना टोली जिम्बावे ए विरुद्ध नेपालले सानदार जित निकालेको छ । टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको हो । जिम्बावेले नेपाल समक्ष ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गरेको हो ।
नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान दिए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनको योगफल तयार गरेको थियो । नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाएका थिए ।
ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए । नेपालका सोमपाल कामी र करण केसीले ३र३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट लिदा सागर ढकालको नाममा १ विकेट रह्यो । यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । नेपालले तीन खेलको सिरिजमा १(१ को बराबरी समेत गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।