काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्यापार बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आँफु मेयरमा उठेको बताएका छन् ।
निर्वाचनको मिति नजिकिँदै गइरहेका बेला बालेनले चुनावी कार्यक्रमलाई तिब्रता दिँदै प्रचार प्रसारमा लागेका छन् । राष्ट्रिय झण्डा ओडेर लौरो बोकेर घरघरमा पुगेका बालेनको पक्षमा स्वतस्फुर्त काठमाडौँमा जनसागर उर्लिएको देख्न सकिन्छ ।
काठमाडौँका घर घरमा पुगेका शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहो¥याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।
‘युवा भएर मात्र भोट मागेका छैनौं । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’
मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अघि घर–घर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने मेयर चाहिएको हो रु यो मतदाताले रोज्नुपर्छ ।’
काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबैघरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए । हेर्नुहोस् यी दृश्यहरु