बलिउड कलाकार अनुपम खेर लाई अचानक के भयो र आएर तनावमा ? लाग्यो यति ठूलो घाटा — OSNepal

बलिउड कलाकार अनुपम खेर लाई अचानक के भयो र आएर तनावमा ? लाग्यो यति ठूलो घाटा

LC (KTM) June 12, 2021 0

बलिउड फिल्मका दिग्गज कलाकार अनुपम खेर दुई दिन यता पुरै तनावमा रहेका छन् । सधै हसिलो देखिने तथा मज्जाक गरिरहने अनुपम आखिर तनावमा पर्नुको कारण भने फलोअर्स घटेकाले हो ।

आफ्ना फलोअर्स अचानक यति धेरै घटेपछि उनले एप्लिकेसनमै समस्या आएको हो कि भन्दै जिज्ञासा राखेका छन् । अनुपम खेरका अनुसार ट्वीटरमा ३६ घण्टामा उनका ८० हजार फलोअर्स घटेका छन् । उनले ट्वीटर इन्डियालाई यसको जानकारी दिएको छ ।

अनुपम खेरले ट्वीट गर्दै भनेका छन् डियर ट्वीटर र ट्वीटर इन्डिया , पछिल्लो ३६ घण्टामा मेरा ८० हजार फलोअर्स घटेका छन् । के यो तपाईंको एप्लिकेशनमा कुनै खराबीका कारण भएको हो वा अरु केही नै हो ? यो मेरो विचार मात्रै हो कुनै असन्तुष्टि होइन ।’

उनको यो ट्विटलाई पनि धेरैले मज्जाक बनाएका छन् । भने कतिपयले साँच्चिकै घटेको पनि हुन सक्ने प्रतिक्रिया दिएका छन् । उनको ट्विटरमा मात्र १८.७ मिलियन फलोअर्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर