सविता प्रकरणको यथार्थ बल्ल बहिरियो,यस्तो तनाब लिएर बाँच्न सकिनन उनी ! (भिडियो सहित) — OSNepal

सविता प्रकरणको यथार्थ बल्ल बहिरियो,यस्तो तनाब लिएर बाँच्न सकिनन उनी ! (भिडियो सहित)

LC (KTM) June 12, 2021 0

चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्या स ट्या ग नै चलिरहेको छ, ज स्टिस फर सविता भण्डारी दे ह त्या ग कि ह त्या? सोसल मिडियामा सविताको मृत्युको बहसको विषय बनेको छ। यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको मृत्युको खास कारण देखिन्छन्।

घटना गत वैशाख ४ गतेको हो। साँझपख चितवन प्रहरीलाई खबर पुग्यो– ‘भरतपुर–१९ मा एक महिलाले दे ह त्याग ग रिन्।’ ती महिला थिइन्, सविता भण्डारी धिताल। प्रहरीसम्म खबर पुर्‍याउने चाहिँ सविताकै पतिको परिवार थियो। प्रहरीलाई जतिबेला दे ह त्याग खबर पुग्यो, त्यतिबेला परिवारले ती महिलालाई चितवन मेडिकल कलेज लगिसकेको थियो। त्यसपछि सविताको माइती पक्षको दाबी रह्यो–उनलाई सकिदीएक हुन् ।

चितवन प्रहरीको अनुसन्धानले भने सविताले दे ह त्या ग नै गरेको निष्कर्ष निकाल्यो। ‘यस्तो केसमा अनुसन्धान गर्दा हामी दुइटा कुरा हेर्छौं– कि त मृ तक आफैले यस्तो गरेको हुनु पर्यो कि त अरुले यस्तो गराईएको हुनु पर्छ ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी भन्छन्, ‘हामी घटनास्थल पुगेर अनुसन्धान गर्दा केही छिमेकीको उपस्थितिमा मृ त कलाई यस्तो अबस्था बाट निकालेर अस्पताल पुर्‍याएको पाइयो।

तर, सविताको माइती पक्ष यो निष्कर्ष मान्न तयार भएन। सविताको श्रीमान् र उनको परिवारले दाइजो नदिएको निहुँमा निरन्तर गर्दै आइरहेको र त्यही क्रममा यो परिणाम आएको आ रोप लगायो। श्रीमान् योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाल मिलेर सविताको यो अवस्थाममा ल्याएको उनीहरुको आ रो प थि यो।

सविताको माइती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सवितालाई न’रा’म्रो व्य’वहा’र गर्ने गरेको आ’रोप ल गा एका छन्। सविताको बिहे ०७१ सालमा भएको थियो। सविताले बहिनी सजनीलाई ससुराले गर्ने त्यो व्यवहारको बारे सुनाएको फेसबुक च्याट पनि सार्वजनिक भएको छ।

‘त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन, बरु एउटा भिडियो बनाउने प्रयास गर न भनेर सुझाएकी थिएँ,’ सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्, ‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जहाँ ससुरा सविताको काखमै सुत्न खोज्छन्। ‘काखमै सुत्नुपर्ने त?’ त्यसपछि भिडियोमा सविताले अ’सह’ज भाव प्रकट गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर