नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा अन्ततः औपचारिक रुपमै फुटेको छ । नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा शुक्रबार नेकपा औपचारिक रुपमा फुटेको हो । स्थानीय तहको निर्वाचनमा सहभागि भएको भन्दै चितवनको पर्सामा तीन दिनसम्म चलेको नेकपाका विद्रोही पक्षको राष्ट्रिय भेलाले नेकपा बहुमत पार्टी समेत गठन गरेको छ । यो संगै अब विप्लव नेतृत्वको नेकपा औपचारिक रुपमा विभाजित भएको हो। भेलाले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन भएको छ । नवगठित पार्टीको महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको छ।चितवन भेलाले यसअघि विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गरेको छ । नयाँ गठित पार्टीको कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ तय गरेको बास्तोलाले जानकारी दिए।केन्द्रीय समितिको निणर्य विपरीत स्थानीय तहको निर्वाचनमा सहभागी भएको र कांग्रेस एमालेसँग गठबन्धन गरेको विषयलाई लिएर नेकपामा विवाद सुरु भएको थियो।