काठमाडौं २३ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई आफ्नै प्रस्तावमा उम्मेदवार बन्न लगाएको खुलासा गरेका छन् ।
सभापति देउवाले शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न भन्दै कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
नेकपा माओ वादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गरेका देउवाले आफुहरु नभनेको भए प्रचण्डले छोरीलाई उम्मेदवार दिन रोक्ने बताएका छन् ।
‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो,राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ?दिनुस् भनेर मैले भनेको हो ।’देउवाले भने ।