काठमाडौं २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसबाट निर्वाचित सदस्यहरुले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्वाचित हुने कांग्रेसका जनप्रतिनिधि भ्रष्टचार नगर्ने बताएका हुन् ।
अबको ५ वर्ष विगतको ५ वर्ष भन्दा फरक रहने दावी गर्दै थापाले भने , ‘कुनै पनि ठाउँमा विधि मिचेर तपाईले आफ्नो मनलाग्दी पाराले श्रोत साधनको दुरुपयोग गर्न पाउनुहुन्न। यो सबै कुरामा तपाईको जवाफदेही हुन हामीले हाम्रा उम्मेदवारहरूलाई भनिरहेका छौँ।’
कुनै पनि नेपाली कांग्रेसबाट निर्वाचित भएर आएको साथीले एउटा श्रोत साधन पनि अपचलन गर्न नपाउने बताएका छन् ।