काठमाडौं २३ वैशाख । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणा देउवा निर्वाचन आयोगको नोटिसमा परेकी छन् ।
बिहिबार डडेलधुरा पुगेकी आरजुले कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँने भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोगले ‘नोटिस’मा परेकी हुन् ।