काठमाडौं २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरपुरमा रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०र२० वर्ष गठबन्धनलाई कायम राख्ने प्रतिवद्धता जनाएका छन् ।
बिहिबार भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा कांग्रेस र माअोवादीको गठवन्धन अस्विकार गरे देश दुर्घटनामा जाने भन्दै यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा प्रचण्डले गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भइरहेको दावी गर्दै भने,’उत्प्रेरणा भयो भने यो गठबन्धन दशकौं जान्छ । यो स्वभाविक र प्राकृतिक गठबन्धन हो’ ।
चितवनका कांंग्रेस नेतालाई इंकित गर्दै प्रचण्डले विधि, पार्टी र पद्धती बाहिर गएर कोही व्यत्ति विर पनि हुने स्थित अहिले नेपालमा नभएको स्पष्ट पारेका छन् ।
‘जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०-१५-२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ’ प्रचण्डले भने ।