चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग राउटे समुदायको माग — OSNepal

चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग राउटे समुदायको माग

LC (KTM) June 12, 2021 0

कर्णाली- राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिनुभयो ।

उहाँले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिनुभयो । सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने राससलाई जानकारी दिनुभयो । सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवक र युवती भेटमा सहभागी भएका थिए । सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर