पोखरीमा एकैपटक डुबेर मृ त्यु भएका पाँच बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न निर्देशन — OSNepal

पोखरीमा एकैपटक डुबेर मृ त्यु भएका पाँच बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न निर्देशन

LC (KTM) June 12, 2021 0

धनुषा- उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा पाँच बालिकाको पोखरीमा डुबेर मृ त्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनियाँको हो ।

उपप्रधानमन्त्री महतोद्वारा जारी शोक सन्देशमा सो घटनाले आफूलाई मर्माहत तुल्याएको जनाउँदै दुर्घटनाबारे थाह पाएलगत्तै आफूले धनुषाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेर घटनाको सत्य तथ्य विवरण जानकारी गराउन र उचित क्षतिपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बालिकाहरु बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताउनुभयो । प्रहरीले घटनास्थल पुगेर प्रकृति मुचुल्का उठाई शव परीक्षणाका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर