काठमाडौ २२ वैशाख । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टिकरण बुझाएका छन् ।
स्थापीतले आफ्नो कुनै अपमान गर्ने मनसाय नभएको भन्दै आफ्ना कुरा स्पष्ट गर्ने क्रममा त्यस्तो भनेको बताएका छन् ।
स्थापितले गत वैशाख १५ गते एक कार्यक्रममा सोधेको प्रश्नका जवाफमा एक युवतीलाई ‘यू आर नाइस लेडी तर थुतुनो ठिक छैन’ भनेका थिए । सोही अभिव्यक्तिलाई लिएर आयोगले स्थापितमाथि स्पष्टिकरण मागेको थियो ।
साथै, उनलाई आयोगले काठमाडौं महानगरको स्वतन्त्र मेयर उमेदवार बालेन साहप्रति दिएको अभिव्यक्तिमाथि स्पष्टिकरण मागेको छ ।